नेपाल तान्जानियासँग पराजित

काठमाडौं, भाद्र २ । नेपाल आईसीसी विश्व विश्व क्रिकेट लिगमा तान्जानियासँग नमिठो पराजय बेहोरेको छ । नेपाल इटालीमा मंगलबार भएको खेलमा ९ रनले पराजित भएको छ ।

मेडिसिनास्थित सेन्ट्रो स्पोर्टिभो कनोभा रंगशालामा सम्पन्न खेलमा नेपाल सबै विकेट गुमाई ४४.१ ओभरमा १०८ मा सिमित भएपछि पराजित भएको हो । टस जिती फिल्डिङ् रोजेको नेपालको लागि तान्जानियाले ४७.३ ओभरमा ११७ रनको चुनौति दिएको थियो । खेल ५० ओभरमा खेलाइएको थियो ।

नेपाल बुधबार अर्जेन्टिनासँग खेल्दैछ ।



URL for news «नेपाल तान्जानियासँग पराजित»   -
«News of Nepal, Hot News of Nepal, Latest News of Nepal: mirrorNepal.com»   -