काठमाडौँ । सरकारले भारतको पश्चिम वङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्र्न नदिनका लागि उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्र्न नदिनका लागि उच्च सतर्कता अपनाइएको जानकारी दिए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसंग सिमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण पनि शुरु गरेको बताए।
“ विशेष गरि कोशी प्रदेशको सिमा नाकालाई हामीलाई सतर्कता अपनाएका छौ । अरु पनि सिमा नाकामा नेपाल भित्र्ने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न भनेका छौ ” उनले भने ।
प्रवक्ता डा. बुढाथोकीले निपाह भाइरस सङ्क्रमण लागेका व्यक्तिलाई समयमा नै उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए । उनका अनुसार निपाह भाइरस सङ्क्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ ।
निपाह भाइरस सङ्क्रमण सुगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ ।
तपाईको बिचार