काठमाडौं । रामेछापस्थित तामाकोशी नदीमा खसेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। दुर्घटना स्थलमा ६ जनाको शव फेला परेको र ६ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट-ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस नदीमा डुबेको थियो। उद्धार गरि घाइतेलाई अस्पताल लगिएकोमा ६ जनाको उपचारकै क्रममा ज्यान गएको उनले बताए।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी कार्य जारी राखेकाले क्षतिको पूरा विवरण आउन सकेको छैन। प्रहरी चौकी सेलेघाटका अनुसार बस पानीमा चुर्लुम्म डुबेको छ र धेरै जना घाईते हुन सक्ने आशंका गरिएको छ।
घाइते अवस्थामा फेला परेकाहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको बिचार