नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ काठमाडौं आइपुगे - MirrorNepal.com

नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ काठमाडौं आइपुगे


  • Mirror Nepal १ फागुन २०८२, शुक्रवार १५:१८:३५

काठमाडौं । नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् । यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँ राजदूत पठाएको हो ।

राजदूत चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशकहरूमध्ये एक हुन् ।

नयाँ राजदूत चाङ शुक्रबार बिहान एयर चाइनाको जहाजबाट काठमाडौं आइपुगेका हुन्। उनलाई चिनियाँ दूतावासका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अब माओमिङले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेपछि उनले आफ्नो कार्यकाल शुरु गर्ने छन् ।

तपाईको बिचार

सम्बन्धित खबर