स्ट्रबेरी खेतीबाट वार्षिक ३० लाख आम्दानी - MirrorNepal.com

स्ट्रबेरी खेतीबाट वार्षिक ३० लाख आम्दानी


  • Mirror Nepal १ फागुन २०८२, शनिबार १८:०८:३८

काठमाडौँ । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्ट तीन वर्षदेखि भुइँऐसेलु (स्ट्रबेरी) खेतीमा सक्रिय रहँदै आएका छन् । दैनिक टिपाइदेखि बजार पठाउने काममा व्यस्त रहँदै, उनले यस खेतीबाट वार्षिक ३० लाखसम्म आम्दानी गरिरहेका छन् ।

कोरोना महामारीको समयमा खेती सुरु गर्नुभएका विष्ट भुइँऐसेलु उत्पादनका लागि यहाँ परिचित व्यवसायी मानिन्छन्। उनले भने ‘बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ। स्थानीय बजारमा प्रतिकिलो भुइँऐसेलु रु ४ सयदेखि ८ सयसम्म बिक्री भइरहेको छ।’

जनागालस्थित आफ्नै दश रोपनी जग्गामा खेती गर्दै आएका ४६ वर्षीय विष्टका अनुसार अरूले गरेको देखेर र सल्लाहअनुसार खेती सुरु गर्दा राम्रो आम्दानी भएको हो ।

गत वर्ष सबै खर्च कटाएर ३० लाख बचत गरेका उनले यस वर्ष थप आम्दानी हुने आशा गरेका छन् । उनले मौसमी सागसब्जी र कुखुरापालन पनि गरिरहेका छन् । खेतीका बिरुवासमेत बेच्दै आएका उनले बनेपा र ककनीमा गरी कुल एक लाख बिरुवा रोपेका छन् ।

हाल उनको फार्ममा पाँच जना रोजगारी पाएका छन् । भविष्यमा व्यवसाय विस्तार गर्दै भुइँऐसेलुबाट ‘वाइन’ र ‘जुस’ उत्पादन उद्योग स्थापना गर्ने योजना बनाए विष्टले विज्ञहरूसँग परामर्श गरिरहेको बताए ।

तपाईको बिचार

सम्बन्धित खबर