टिप्पर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु - MirrorNepal.com

टिप्पर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


  • Mirror Nepal १ फागुन २०८२, शनिबार २१:३५:०७

काठमाडौं । पाल्पामा टिप्पर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेका महिला रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ लोकमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानमा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु २ ख १८८३ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका दुवै जनालाई प्रहरीले उद्धार गरेर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । अस्पतालमा पुग्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर