म असल र बाँकी सबै खराब भनेर देश बन्दैन : सभापति थापा - MirrorNepal.com

म असल र बाँकी सबै खराब भनेर देश बन्दैन : सभापति थापा


  • Mirror Nepal ५ फागुन २०८२, बुधबार १४:०८:०५

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधारको आवश्यकता भएको र यसको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले आगामी पाँच वर्षलाई संकल्प र योजनासहित अघि बढ्ने गरी तयारी गरेको बताएका हुन् ।

उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको र देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको उल्लेख गरे । सभापति थापाले भने, ‘नेपाललाई सुधार चाहिएको हो। सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ। संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने? यो पाँच वर्ष खेर फाल्न हुँदैन। गएको १०/१२ वर्ष जस्तै विकास हुन सकेन, तर यो पाँच वर्ष खेर फाल्दैनौँ।’

‘देश उत्तेजनाले मात्रै बदलिन्न । देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न । म असल, बाँकी रहेका सबै खराब भनेर देश बन्दैन । बन्नै सक्दैन । हाम्रा विमति छन्, राजनितिक दलहरूसँग, हामी फरकफरक राजनितिक दल हौँ, हामी प्रतिष्पर्धा गर्छौं । तर हामी सबैको आफ्नो स्पेश छ । यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ, सबै चाहिन्छ । सबैलाई मिलाएर लिएर जानुपर्छ । त्यो मिलाएर लैजाने राजनीति आजको दिनमा नेपाली कांग्रेसले गर्छ,’ थापाले भने ।

उनले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने पनि जिकिर गरे। देशको समृद्धिका लागि सबै राजनीतिक दलहरूको सहकार्य र सहभागिता आवश्यक रहेको बताउँदै, नेपाली कांग्रेसले यो भुमिका निभाउने दाबी गरे ।

‘देश उत्तेजनाले मात्र बदलिन्न, रिसले बदलिन्न । म असल र बाँकी सबै खराब भनेर देश बन्दैन । हामी सबैको आफ्नो स्थान छ। यो देश बनाउन एमाले, माओवादी, रास्वपा, जसपा सबै चाहिन्छ। सबैलाई मिलाएर अघि जानुपर्छ,’ सभापति थापाले थपे।

देशमा रहेका सबै राजनितिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भुमिका नेपाली कांग्रेसले निर्वाह गर्ने दाबी उनले गरे ।

तपाईको बिचार

सम्बन्धित खबर