रास्वपा संस्थापक सदस्य उर्मिला भुर्तेलद्वारा पार्टि त्यागको घोषणा - MirrorNepal.com

रास्वपा संस्थापक सदस्य उर्मिला भुर्तेलद्वारा पार्टि त्यागको घोषणा


  • Mirror Nepal ५ फागुन २०८२, बुधबार १५:१०:१०

काठमाडौं । निर्वाचन नजिङ्किदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापकदेखि भर्खरै प्रवेश गरेका नेता तथा कार्यकर्ताले पार्टि त्याग्ने क्रम तीव्र रुपमा बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला)ले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । बुधबार एक वक्तव्य जारी गर्दै उनले रास्वपा परित्याग गरेको जानकारी दिएकी हुन् ।

यसैगरी आजै रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

विज्ञप्ति जारी गर्दै उनले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताएकी छन् ।

पार्टीमा योग्यता र क्षमताभन्दा पनि चाप्लुसीवाद माैलाएको र पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित हुने गरेकोले रास्वपामा रहिरहन नसकिएको उनले बताएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला)को वक्तव्य :

मिति:- २०८२/११/६
केन्द्रीय कार्यालय
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, नेपाल।
विषय: साधारण सदस्य समेत नरहने गरि राजिनामा सम्बन्धमा।
श्रदेय,
म रा स्व पा को संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवार आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु।
“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर पार्टी विधि विधान विपरीत चाप्लुसीवाद र आर्थिक बादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाइ नारामा मात्र सीमित राखेको ।
जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेकि छु।
संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्य माथी आंच आउने परिस्थिति बनेको छ।
पार्टी सङ्कटमा पर्दा पार्टी बनाउन मैले गरेका योगदानहरू पार्टी पंक्ति र आम नागरिकहरूलाई पनि जानकारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर म नागरिकहरूसँग जवाफदेहिता हुन नसक्ने कारण यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।
त्यसकारण आजकै मिती देखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु।
यस अवधिसम्म पार्टीले दिएको अवसर र चुनौती का लागि हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद।
भवदीय
खेम कुमारी भुर्तेल (उर्मिला)
बागमती प्रदेश काठमाडौँ
बुढालिलकण्ठ ७ ।

तपाईको बिचार

सम्बन्धित खबर