भोजपुरमा नेपाली सेनाको गाडी दुर्घटना, २४ जना घाइते - MirrorNepal.com

भोजपुरमा नेपाली सेनाको गाडी दुर्घटना, २४ जना घाइते


  • Mirror Nepal ५ फागुन २०८२, बुधबार १६:२५:१०

काठमाडौं । चुनावी बन्दोबस्ती सामान बोकेको नेपाली सेना सवार बस दुर्घटना भएको छ । यही फागुन २१ हुने निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न आवश्यक सामग्री लिएर हिँडेको नेपाली सवार बस भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा २४ जना घाइते भएका र घाइतेमध्ये ९ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । भोजपुरस्थित नयाँ श्रीनाथ गणबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

तपाईको बिचार