रुसको हवाई आक्रमणमा युक्रेनमा १५ जनाको मृत्यु, दर्जनौं घाइते - MirrorNepal.com

रुसको हवाई आक्रमणमा युक्रेनमा १५ जनाको मृत्यु, दर्जनौं घाइते


  • MNN २ असार २०८२, मङ्गलबार २२:५६:२३

काठमाडौँ  । रुसले पछिल्ला हप्ताहरूमा युक्रेनविरुद्धका हवाई आक्रमण तीव्र पारेको छ। युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार राजधानी किभमा भएको रुसी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोका अनुसार रुसले किभमाथि ४४० ड्रोन र ३२ वटा मिसाइल प्रहार गरेको छ। आक्रमणका कारण किभमा करिब नौ घण्टासम्म सतर्कता कायम रह्यो, जसका कारण नागरिकहरू मध्यरातदेखि बिहानसम्म भूमिगत आश्रयस्थलमा लुकेर बस्न बाध्य भए।

यसैबीच, रुसी रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले रातारात १४७ युक्रेनी ड्रोनहरू नष्ट गरेको दाबी गरेको छ।

रुसले युक्रेनी हवाई प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन लगातार ड्रोन आक्रमण गरिरहेको बताइएको छ। युक्रेनले पनि रुसमाथि प्रतिआक्रमण गरिरहेको छ। यद्यपि, युद्धविरामबारे हालसम्म दुई देशबीच कुनै समझदारी बनेको छैन।

तपाईको बिचार