गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश - MirrorNepal.com

गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौँ। उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका उद्योगी गोल्छालाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

गोल्छा पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै नृपध्वज निरौलाको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । शेखरकी श्रीमती सीमा गा्ल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

मंगलबार निरौलाको एकल इजलासले प्रत्यक्षीकरण रिटमा विपक्षीहरूका नाममा आदेश जारी गर्दै उनलाई म्याद थप गरिएको फाइलसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैशाख १० गते पक्राउ गरेको थियो।

सोमबार मात्र उनलाई दोस्रोपटक काठमाडौँ जिल्ला अदालतले तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

तपाईको बिचार