वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक - MirrorNepal.com

वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक


  • MNN ४ असार २०८२, बिहिबार २३:३६:५६

काठमाडाैं । कवि वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक भएको छ । साङ्ग्रीला बुक्सद्वारा प्रकाशित देवयानीको ‘डिजिटल’ ललितपुरमा आयोजित एक समारोहबीच सार्वजनिक भएको हाे ।

यसअघि चौधरीका कविता, गीत, गजल, निबन्ध गरेर २२ वटा कृति प्रकाशित छन् । देवयानी उहाँको २३औं कृति हो । कार्यक्रममा लेखक तथा समीक्षकले ‘देवयानी’ उपन्यासले नेपाली समाजको अव्यक्त प्रेमको पाटो उजागर गरेको बताए ।

लेखक चौधरीले प्रेमका विषयमा अनगिन्ती आख्यान लेखिए पनि आफूले समाजमा विद्यमान प्रेमको नितान्त फरक पाटोमा कलम चलाएको बताउनुभयो ।

तपाईको बिचार