भुटानलाई नेपालको ३५९ रनको विशाल लक्ष्य - MirrorNepal.com

भुटानलाई नेपालको ३५९ रनको विशाल लक्ष्य


काठमाडौं । एसीसी यु–१६ इस्ट जोन कपमा नेपालले जितका लागि भुटानलाई ३५९ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेले । टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो ।

ओपनर परिमार्जन यादव पहिलो ओभरमै आउट भए भने उत्कृष्ट फर्मममा रहेका प्रसिद्ध जैसी पनि चलेनन् । जैसीले १४ बलमा ७ रन मात्र जोड्न सके । त्यसपछि तेस्रो विकेटका लागि श्रीवान्स बजगाईँ र रौनक श्रीवास्तवबीच बलियो साझेदारी भयो ।

यो जोडीले नेपाललाई १०७ रनसम्म पु-याएको थियो । श्रीवान्स ५२ बलमा ५४ रन बनाएर आउट भए । त्यसपछि सुगम बुढाथोकीले रौनकलाई साथ दिए । यो जोडीले नेपालको स्कोर १८० रन सम्म पु-यायो । सुगम ३५ रनमा आउट भए ।

पाँचौं विकेटका लागि रौनकले जोय थापासँग १७० रनको म्याराथन साझेदारी गरे । नेपाललाई ३५० रनको मजबुत स्थितिमा पु-याएर रौनक अन्तिम ओभरमा आउट भए । जोय थापाले अर्धशतक बनाएर अविजित रहे ।

तपाईको बिचार