टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा - MirrorNepal.com

टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा


काठमाडौं । आईसीसी टी–२० विश्वकपका लागि नेपालको राष्ट्रिय टोली घोषणा भएको छ ‌। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताका निम्ति १५ सदस्यीय टोली घोषणा गरेकाे हाे ।

टोलीमा एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका शेर मल्ल समेटिएका छन् । मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका हुन् ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा

तपाईको बिचार