'एपस्टिन फाइल’मा १५० पटक दलाई लामाको नाम आएपछि बचाउ - MirrorNepal.com

‘एपस्टिन फाइल’मा १५० पटक दलाई लामाको नाम आएपछि बचाउ


काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो नाम कुख्यात बाल यौन दुराचारी जेफ्री एपस्टिनको फाइलमा १५० पटक आएपछि प्रतिवाद गरेका छन् ।

एक संक्षिप्त विज्ञप्ति निकालेर लामाले एपस्टिनसँग कुनै भेट नभएको कुनै कुरा नभएको तथा दलाई लामाको नाममा कसैले भेट नगरेको दाबी गरिएको छ । हालै अमेरिकी जस्टिस डिपार्टमेन्टले सार्वजनिक गरेको फाइलमा लामाको नाम १५० पटक आएको देखिएको छ ।

दलाई लामाको बालबालिकासँग जोडिएको यो मात्रै पहिलो विवाद होइन, यसअगाडि उनी पटक-पटक यस्ता विवादमा पर्दै आएका छन् । सन् २०१९ मा बीबीसीसँग बोल्दा लामा ‘यदि अबको दलाई लामा महिला हुने भएमा महिला आकर्षक हुनुपर्ने’ बताएर विवादमा तानिएका थिए । अप्रिल २०२३ मा एक बालकलाई जिब्रोमा चुम्बन गर्न लगाएर पनि लामा विवादित भएका थिए ।

महिला, बालबालिका र यौनबाहेकमा पनि लामा विवादित छन् । उनले ‘युरोपमा आप्रवासी नचाहिने’ भनेर विवाद सिर्जना गरेका थिए भने महात्मा गान्धीले भने जस्तो महोमद अलि जिन्नालाई प्रधानमन्त्री बनाएको भए पाकिस्तान र भारत एकै हुने भन्दै नेहरूलाई आत्मकेन्द्रित उपमा दिएर पनि विवादित भएका थिए । नेहरुले नै लामालाई भारतमा शरण दिएकाले उनको कुरालाई धेरैले आलोचना गरेका थिए ।

लामाले २० वर्ष अमेरिकी गुप्पचर निकायको तलबी भएर काम गरेको अमेरिकाको एक जर्नल आलेखले केहीअगाडि सार्वजनिक गरेको थियो । ‘जर्नल अफ पब्लिक अफेयर्स’का अनुसार सन् १९५७ देखि सन् १९७४ सम्म उनी अमेरिकी गुप्पचर निकायको तलबी थिए । एजेन्सी

तपाईको बिचार