सुन-चाँदीको मूल्यमा वृद्धि - MirrorNepal.com

सुन-चाँदीको मूल्यमा वृद्धि


  • Mirror Nepal २६ माघ २०८२, सोमबार १७:१२:०४

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४ हजार १ सयले बढेर तोलाको ३ लाख ४ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४० रुपैयाँले बढेर तोलाको ५२५० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर