फेरी राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब नगद तान्दै - MirrorNepal.com

फेरी राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब नगद तान्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रूपैयाँ तरलता तान्ने भएको छ । खासगरी बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै जाने तर अपेक्षित रुपमा कर्जा लगानी हुँन नसक्दा केन्द्रीय बैंकले निक्षेप संकल उपकरणमार्फत तरलता तान्ने भएको हो ।

केन्द्रीय बैंकले आइतबार निक्षेप संकल उपकरणमार्फत ४२ दिनका लागि ५० अर्ब रूपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा ७६ खर्ब ९७ अर्ब रूपैयाँ निक्षेप रहेको छ । तर, यता कर्जा लगानी भने ५७ खर्ब ८३ अर्ब रूपैयाँ हाराहारी मात्र हुन सकेको छ । समीक्षा अवधिमा जम्मा ७४.३७ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरूसँग १२ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ ।

तर कर्जाको माग कम हुँदा लगानी हुन सकिरहेको छैन । जसको दबाबमा यतिबेला बैंक तथा वित्तीय संस्थाहरुसँगै केन्द्रीय बैंकमा समेत परेको छ । बैंकहरुको अधिक तरलता व्यवस्थापनमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिहेको छ ।

तपाईको बिचार