काठमाडौँ । क्यानडाको ब्रिटिस कोलम्बिया राज्यस्थित एक स्कुलमा गोलबारी हुँदा ९ जनाको मृत्यु भएको छ। पश्चिमी क्यानडाको उक्त राज्य भएको शूटिङमा कम्तिमा पनि नौ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
क्यानडाको प्रहरीले दिएको जानकारी अनुसार उत्तरी पूर्वी ब्रिटिस कोलम्बियाको टम्बलर रिज सेकेन्डरी स्कूलमा छ जनाको शव फेला परेको छ। त्यस्तै एक अन्य व्यक्तिको अस्पताल लैजाने क्रममा नै मृत्यु भएको छ।
पुलिसले अन्य एक स्थानमा दुई जनाको शव मिले फेला परेको छ। यो पनि त्यही गोलबारीको घटनासँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ।
त्यस्तै अन्य एक जनाको पनि शव प्राप्त भएको छ। उनी ती व्यक्ति चाहिँ गोली चलाउने शुटर भएको प्रहरीको अनुमान छ।
घटनामा कम्तिमा पनि २५ जना घाइते भएको त्यहाँका स्थानीय मिडियाले जनाएका छन्।
तपाईको बिचार