काठमाडौं । आईसीसी टी–२० विश्वकप खेलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भारतको वानखेडे रंगशालामा भएको आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो । खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर सजिलै पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि कप्तान शाई होपले ४४ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा अविजित ६१ रन बनाए । शिमरोन हेतमायरले ४३२ बल मा ४ चौका र २ छक्का मदतमा अविजित ४६ रन बनाए । दोस्रो विकेटका लागि होप र हेतमायरले अविजित ९१ रनको साझेदारी गरे ।
पहिलो विकेटका लागि कप्तान शाई होप र ब्राण्ड किङले ४३ रनको सासजिलै झेदारी गरेका थिए । ब्राण्डन किंङले १७ बलमा २२ रन बनाए । नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो ।
नेपालले ब्याटिङमा कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा हेर्न लायक स्कोर बनाएको थियो ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ३ चौका र ३ छक्का मदतमा सर्वाधिक ५८ रन बनाए ।
दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए । यस क्रममा उनले ३ चौका र २ छक्का हाने । दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी२० विश्वकपमा सुबास खकुरेलले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
तपाईको बिचार