काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनको निवास पुगेका छन् ।
राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर तसमवेदना व्यक्त गरेका हुन् । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।
केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र विभिन्न दलका नेताहरू पनि ओलीलाई समवेदना दिन पुगेका थिए।
गत शुक्रबार ( फागुन २९) ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको थियो । दैनिकजसो एमालेसहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, शुभेच्छुकहरु समवेदना दिनओली निवास गुण्डु पुगिरहेका छन् ।
तपाईको बिचार