काठमाडौँ । पोखराको फेवाताल चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिले फेवाताल क्षेत्रभित्रको जग्गाको हालको अवस्था, निर्माण भएका संरचना र प्रयोग स्थिति अध्ययन गर्नेछ। सबै कित्ता जग्गाको यथार्थ विवरण संकलन गरी अभिलेखीकरणको तयारी पनि गरिने मन्त्रालयले जनाएको छ।
यसअन्तर्गत निजी र सरकारी जग्गाको दर्ता स्थिति, प्रयोग र अवस्था सम्बन्धी विस्तृत अध्ययन हुनेछ। समिति फेवाताल क्षेत्र संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन गठन गरिएको हो। समितिलाई सात दिनभित्र प्रतिवेदन तयार गरेर पेश गर्न निर्देशन दिइएको छ।
पछिल्लो समय प्रधानमन्त्री बालेन शाहले फेवाताल संरक्षणमा चासो देखाएपछि पोखरा महानगरले अतिक्रमित क्षेत्र खाली गराउने अभियान पनि सुरु गरेको थियो।
तपाईको बिचार