काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
भट्ट नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त अधिकारी हुन् । अघिल्लो सरकारको पालामा उनी गभर्नरको आकांक्षी थिए तर सरकारले डा. विश्व पौडेललाई गभर्नर नियुक्त गरेको थियो ।
यसैगरी, नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री रावलले जानकारी दिइन् ।
तपाईको बिचार