सरकारद्वारा सार्वजनिक यातायात र ढुवानी भाडामा वृद्धि - MirrorNepal.com

सरकारद्वारा सार्वजनिक यातायात र ढुवानी भाडामा वृद्धि


  • Mirror Nepal २४ चैत २०८२, बुधबार १५:२७:१२

काठमाडौं । सरकारले सार्वजनिक यातायाता र ढुवानी साधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको र सोहीअनुसार यातायात व्यवस्था विभागले वृद्धि गरिएको भाडादर सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

विभागका अनुसार नयाँ भाडादर वेबसाइटमा राखिनेछ । सरकारले सार्वजनिक यातायातको भाडा १६.७१, पहाडमा चल्ने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यसँगै नेपालमा पनि इन्धनको मूल्य वृद्धि भइरहेको छ । यसैलाई आधारमा मानेर सरकारले सार्वजनिक यातायात र ढुवानीको भाडा वृद्धि गरेको हो ।

तपाईको बिचार