प्रधानमन्त्रीद्वारा विभिन्न देशका राजदूतहरूसँग भेट - MirrorNepal.com

प्रधानमन्त्रीद्वारा विभिन्न देशका राजदूतहरूसँग भेट


  • Mirror Nepal २४ चैत २०८२, बुधबार २०:५३:१४

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित भेटमा भारत, पाकिस्तान, कोरिया, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।

राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्। उनीहरूले नेपाल सरकारका कामहरूमा सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई पुनः जोड दिँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।

भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत सरकारी अधिकारीहरूको उपस्थिति थियो।

तपाईको बिचार