ओली र लेखक हाजिरी जमानीमा रिहा - MirrorNepal.com

ओली र लेखक हाजिरी जमानीमा रिहा


  • Mirror Nepal २५ चैत २०८२, बिहिबार १३:४५:३९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन्। पक्राउ परेको १३औँ दिनमा उनलाई रिहा गरिएको हो।

स्वास्थ्य उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाएर रिहा गरिएको जनाइएको छ।

यसअघि पक्राउ परेपछि उनी अस्पतालमा उपचाररत रहेका थिए। स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अदालतले उनलाई जिम्मा जमानीमा रिहा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

अध्यक्ष ओलीको रिहाइसँगै यस प्रकरणमा आगामी कानुनी प्रक्रिया भने जारी रहने बताइएको छ।

यसैगरि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हिरासत मुक्त गरिएको हो ।

सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो ।

उनी १३ औं दिनपछि हिरासत मुक्त भएका हुन् । जेनजी आन्दोलनको घटनामा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गौरी बहादुर कार्की आयोगले कारबाही सिफारिस गरेपछि उनी समातिएका थिए ।

तपाईको बिचार