पाटनमा छुरा प्रहारबाट दुई युवकको मृत्यु - MirrorNepal.com

पाटनमा छुरा प्रहारबाट दुई युवकको मृत्यु


  • Mirror Nepal २५ चैत २०८२, बिहिबार १४:०१:१२

काठमाडौं। बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ ।

स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो । ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो ।

नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई पक्राउ गरिएको छ ।

यसैगरी पोखरामा बुधबार साँझ एकल महिलाको विभत्स हत्या भएको छ। कास्की प्रहरीका अनुसार पोखरा– ५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेललाई अज्ञात व्यक्तले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । हत्यामा संलग्न व्यक्ति र कारण पत्ता लागेको छैन ।

पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी महिला सिर्जनाचोक तर्फ जाँदै गर्दा धारिलो हतियार प्रयोग गरी हत्या भएको बताइएको छ । पौडेललाई धारिलो हतियार प्रहार भएपछि उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो।

उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

तपाईको बिचार