सवारी चालक अनुमतिपत्र तीव्र गतिमा छापिँदै - MirrorNepal.com

सवारी चालक अनुमतिपत्र तीव्र गतिमा छापिँदै


  • Mirror Nepal २५ चैत २०८२, बिहिबार १६:३८:२६

काठमाडौँ । सवारी चालक अनुमतिपत्र-लाइसेन्स छपाइ तीव्र गतिमा अघि बढेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारीमा लाइसेन्स छपाइ भइरहेको छ।

उनले लाइसेन्स छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख लाइसेन्सलाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको जानकारी दिए। यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख ‘लाइसेन्स’ छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ भने बाँकी १७ लाख लाइसेन्स छपाइ प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई लाइसेन्स छपाइमा अवरोध आउन नदिन तथा छिटोभन्दा छिटो सबै बाँकी लाइसेन्स छाप्न निर्देशन दिएका छन्। मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनामा समेत यो विषयलाई प्राथमिकताका साथ राखेको छ।

मन्त्रिपरिषद्को यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना अघि बढाइएको हो।

तपाईको बिचार