काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानसँग प्रत्यक्ष वार्ता गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको बताएका छन् ।
नेतान्याहुले हिजबुल्लाहलाई निशस्त्र गर्न र दुई देशबीच ‘शान्ति सम्बन्ध’ स्थापना गर्न लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो क्याबिनेटलाई आदेश दिएको बिहीबार बताएका हुन् ।
“इजरायलसँग प्रत्यक्ष वार्ता सुरु गर्न लेबनानले बारम्बार गरेको अनुरोधलाई मध्यनजर गर्दै मैले हिजो मन्त्रिपरिषद्लाई जतिसक्दो चाँडो लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको छु,” उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“वार्ता हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने र इजरायल र लेबनानबीच शान्ति सम्बन्ध स्थापना गर्ने कुरामा केन्द्रित हुनेछ । बेरुतलाई असैन्यीकरण गर्न लेबनानका प्रधानमन्त्रीले गरेको आह्वानलाई इजरायलले सराहना गर्दछ,” विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी
तपाईको बिचार