टी-२० त्रिकोणात्मक सिरिज-स्कटल्याण्डमाथि नेपालको जित - MirrorNepal.com

टी-२० त्रिकोणात्मक सिरिज-स्कटल्याण्डमाथि नेपालको जित


  • MNN २ असार २०८२, मङ्गलबार २३:२५:२०

काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिजमा नेपालविरुद्ध घरेलु टोली ९७ रनमा अलआउट भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो । नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् ।

माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए । बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २(२ र ललित राजवंशीले एक विकेट लिए ।

स्कटल्याण्डले ५ ओभरभित्रै ५ विकेट गुमाइसकेको थियो । त्यसपछि क्रस र लिस्क मिलेर ३९ रनको साझेदारी गरेपनि क्रस आउट भएपछि लिस्कलाई क्रिजमा साथ नमिल्दा राम्रो स्कोर बनाउन सकेन ।

नेपाल यसअघि पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा गएर पराजित भएको थियो । नेपालले अब नेदरल्याण्ड्ससँग बिहीबार खेल्नेछ ।

तपाईको बिचार