वज्राचार्यनिर्देशित लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक - MirrorNepal.com

वज्राचार्यनिर्देशित लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक


काठमाडौँ । शैलेन्द्र वज्राचार्यको लेखन तथा निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ । सार्वजनिक चलचित्रले वर्तमान युवा पिँढीहरूको विदेशी मोहले विदेशकै बसाइका कारण वृद्धवृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई देखाएको छ ।

चलचित्रमा वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंह, अफ्शान पन्थीलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ भने रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला रानालगायतले अभिनयमा साथ दिएका छन् ।

चलचित्रमा किरण श्रेष्ठ, सन्दीप श्रेष्ठको सम्पादन, निराजन सेंधाइको छायांकन, विपिन स्थापितको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रोमन वज्राचार्यको पार्श्व संगीत रहेको छ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुति ‘खाली सिसी नयाँ कागज’ सर्ट फिल्म कम्पिटिसनमा पर्न सफल भएको लघु चलचित्र हो ।

तपाईको बिचार