काठमाडौं । इरानका राष्ट्रपति मसुद पजशकियानले अमेरिकी सैन्य अड्डामा भएको आक्रमणको एकदिनपछि कतारका अमीर शेख तमीम बिन हमद अल थानीसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले कतारमा रहेको अमेरिकी सैन्य अखडामा गरिएको आक्रमणका लागि माफी मागेका छन् ।
राष्ट्रपति पजशकियानले कतार र त्यहाँका नागरिक आक्रमणको लक्ष्य नभएको बताएका छन् । कतारका तमीमले पनि आक्रमणको आलोचनालाई दोहोर्याएका छन् । आफ्नो संप्रभुत्ता र एयरस्पेसका साथै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र चार्टरको घोर उल्लंघन भएको बताएका छन् ।
यता इजरायलले मंगलबार बिहान गरेको आक्रमणमा इरानका हाइ प्रोफाइल इरानी परमाणु वैज्ञानिक मोहम्मद रजा सेदिघि मारिएका छन् । १२ दिनदेखि इजरायली आक्रमणमा परी मारिएका सिनियर परमाणु विशेषज्ञको लिष्टमा उनको नाम पनि छ ।
अमेरिकाको चाहना इरानमा सत्ता परिवर्तन होइन : राष्ट्रपति ट्रम्प
अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो इरानमा सत्ता परिवर्तन नभएको दावी गरेका छन् । नेदरल्यान्ड्सको हेगमा नेटो शिखर सम्मेलनमा जाँदै गर्दा ट्रम्पलाई एयर फोर्स वन विमानमा पत्रकारहरूले सोधे, ‘तपाईं इरानमा सत्ता परिवर्तन भएको हेर्न चाहनुहुन्छ?’
जवाफमा उनले भने, ‘होइन, म त्यो चाहन्नँ। म त सबै कुरा सकेसम्म चाँडो शान्त होस् भन्ने चाहन्छु।’
उनले अगाडि भने, ‘सत्ता परिवर्तनका लागि अराजकता चाहिन्छ र आदर्श रूपमा हामी यति धेरै अराजकता हेर्न चाहँदैनौँ।’
तर यसअघि ट्रम्पले इरानमा सत्ता परिवर्तन जरुरी रहेको अभिव्यक्ति दिएका थिए।
यसैबीच आजै बिहान मात्र ट्रम्पले इजरायल र इरानबीच युद्धविराम लागु भएको घोषणा गरेका थिए।
तर दुवैले युद्धविराम सम्झौता उल्लंघन गरिरहेको भन्दै ट्रम्पले आक्रोश पनि पोखेका छन्।
तपाईको बिचार