काठमाडौं । लिभरपुल क्लवका स्टार फुटबलर २८ वर्षीय डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ । स्पेनी अखबार मार्काले जनाए अनुसार उनको आज बिहान स्पेनको जामोरा प्रान्तमा भएको सडक दुर्घटनामा मृत्यु भएको हो ।
जोटा पोर्चुगलका नागरिक हुन् । दुर्घटना सानाब्रियाको जामोरा क्षेत्र नजिकै ए-५२ को ६५ किलोमिटरमा भएको बताइएको छ। दुर्घटनाका बेला जोटा पेनाफिलका २६ वर्षीय पेशेवर फुटबल खेलाडी आन्द्रेसँग यात्रा गरिरहेको बताइएको छ । गाडी सडकमा पल्टिएपछि घातक आगलागी हुँदा खेलाडीको मृत्यु भएको बताइएको छ।
जोटाले एनफिल्डमा प्रिमियर लिग, एफए कप र लिग कप जितेका थिए र लिभरपुलका लागि सबै प्रतियोगिताहरूमा १८२ खेलमा ६५ गोल गरेका थिए।
पोर्चुगिज राष्ट्रिय टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले कार दुर्घटनामा निधन भएका डिएगो जोटालाई श्रद्धाञ्जली दिएका छन्।
अफिसियल फेसबुक पेजमा श्रध्दाञ्जलि दिँदै रोनाल्डोले संगै विताएका समय यादगार रहने बताए । उनले लेखेका छन्, ‘अर्थ नै लाग्दैन अहिलेसम्म हामी राष्ट्रिय टिममा सँगै थियौँ, अहिलेसम्म तिमी विवाहित थियौ। तिम्रो परिवारलाई, तिम्री श्रीमती र बच्चाहरूलाई, मेरो समवेदना व्यक्त गर्दछु र उनीहरूलाई संसारकै सबैभन्दा ठूलो शक्ति चाहन्छु। मलाई थाहा छ, तिमी सधैं उनीहरूका साथ रहने छौ। विश्राम गर, डियोगो र आन्द्रे। हामी सबैले तिमीहरूलाई सम्झिरहनेछौँ ।’
जोटा लिभरपुलको २०२४/२५ सिजनको प्रिमियर लिग विजेता टोलीका सदस्य थिए, जसमा उनले २६ खेलमा ६ गोल गरेका थिए। उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए। रोनाल्डोको कप्तानीमा गत महिना स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै नेशन्स लिग जित्ने पोर्चुगिज राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य थिए।
फाइनलमा पेड्रो नेटोलाई १०५ ओै मिनेटमा प्रतिस्थापन गर्दै जोटाले १७ मिनेट मैदानमा बिताएका थिए।
तपाईको बिचार