अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने पहिलो देश रुस - MirrorNepal.com

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने पहिलो देश रुस


काठमाडौं । रुसले अफगानिस्तानको तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको छ। रुसी विदेश मन्त्रालयले अफगानिस्तानका नवनियुक्त राजदूत गुल हसनबाट प्रमाणपत्र प्राप्त गरेको बताएको छ।

अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने रुस पहिलो देश बनेको हो । अफगान सरकारलाई दिइएको आधिकारिक मान्यताले दुई देशबीच उत्पादक द्विपक्षीय सहयोगलाई बढावा दिने रुसी विदेश मन्त्रालयले जनाएको छ ।

तालिबान विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै यसको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

हाल देशको विदेश मन्त्रालय आमिर खान मुत्तकीले सम्हालिरहेका छन् । रूसले अब तालिबानलाई अवैध संगठनको सूचीबाट हटाएको छ । रूसी विदेश मन्त्रालयको घोषणापछि अफगानिस्तानको विदेश मन्त्रालयले यो निर्णयलाई ऐतिहासिक कदम भनेको छ।

तालिबानका विदेशमन्त्री आमिर खान मुत्तकीले यो निर्णयको स्वागत गर्दै यसलाई अन्य देशहरूका लागि राम्रो उदाहरण भनेका छन् ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान शासन लागू भएको थियो। अमेरिकी सेनाले देश छोडेपछि, तालिबान नेताहरूले देशको नेतृत्व लिएका थिए।

तालिबान प्रतिनिधिहरूले २०१८ को सुरुमा वार्ताको लागि रूसी राजधानी मस्कोको भ्रमण गरेका थिए। -एजेन्सी

तपाईको बिचार