काठमाडौं । थाइल्याण्ड–कम्बोडिया सीमामा झडप भएको छ । यहाँ बिहानैदेखि सैनिकहरूबीच गोलीबारी भइरहेको छ । दुवै पक्षले एकअर्कालाई पहिलो गोली चलाएको आरोप लगाएका छन् ।
यो घटना यस्तो समयमा भएको हो जब एक दिन अघि सीमामा बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए । त्यसपछि थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको थियो ।
थाई सेनाले कम्तीमा दुई सैनिक र तीन सर्वसाधारण घाइते भएको बताएको छ । सीमा झडपका बिच थाई दूतावासले थाई नागरिकहरूलाई कम्बोडिया छोड्न आग्रह गरेको छ । थाइल्याण्डको शिक्षा मन्त्रालयले थाइल्याण्डको सुरिन प्रान्तको विवादित सीमा नजिकै रहेका सबै विद्यालयहरू बन्द गरेको छ । -बिबिसी
तपाईको बिचार