पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु - MirrorNepal.com

पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु


काठमाडौं । पोर्चुगलको लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। बुधबार लिस्बनमा फ्युनिकुलर रेलको एउटा डिब्बा लिकबाट खसेपछि दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो।

दुर्घटनामा १८ जना घाइते भएका छन्। स्थानीय समयअनुसार दुर्घटना बुधबार साँझ ६ बजे भएको हो। केही यात्रुहरू रेलमै च्यापिएका थिए। उनीहरूलाई उद्धारकर्ता सुरक्षाकर्मीहरूले बाहिर निकालेका थिए।

घाइते भएका १८ जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ। उनीहरूको उपचार जारी रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

मृतकको परिचय भने अझै सार्वजनिक भएको छैन। -CNN

तपाईको बिचार