पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश बराबरीमा रोकिए - MirrorNepal.com

पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश बराबरीमा रोकिए


काठमाडौं । बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय टिम गोलरहित बराबरीमा रोकिएको छ ।

शनिबार (भदौ २१) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् । दशरथ रंगशालामा करिब दुई वर्षपछि आयोजित पुरुष फुटबलको अन्तर्राष्ट्रिय खेल हो यो ।

नेपाली टिमले पछिल्लोपटक सन् २०२३ को नोभेम्बरमा यमनविरुद्ध दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो ।

नेपालले अब आउँदो मंगलबार (भदौ २४) बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्नेछ । दशरथ रंगशालामै उक्त खेल बेलुका ५ः३० बजे सुरु हुनेछ ।

तपाईको बिचार