काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्त काठमाडौंमा आइपुगेका छन् । उनी बिहीबार बेलुकी काठमाडौं आइपुगेका छन् ।प्रभास अभिनीत तेलुगु हरर–कमेडी फिल्म ‘द राजा साब’ मा सञ्जय दत्तको भूमिकालाई लिएर चर्चा सुरु भइरहेकेबा बेला उनी नेपाल आइपुगेका हुन् ।
यो फिल्मको टिजरमा उनी दुई फरक अवतारमा प्रस्तुत भएका छन् । ‘केजिएफ २’ मा उनको अभिनयपछि साउथ फिल्ममा सञ्जयको माग बढेको थियो ।
आफ्नो समयका प्रसिद्ध अभिनेता–अभिनेत्री सुनिल दत्त र नरगिसका छोरा संजय बलिउडमा स्टाइलिस हिरो मानिन्छन् ।
१९९३ को बम्बै बिस्फोटका बेला गैरकानुनी रुपमा एके ४७ आफ्नो साथमा राखेको आरोपमा उनलाई जेल सजाय सुनाइएको थियो । ४२ महिनाको काराबास सजाय पूरा गरी उनी मुक्त भएका थिए ।
केही वर्षअघिमात्रै उनी क्यान्सरसँग जुध्न पुगेका थिए । २०७७ को पुसतिर उनले क्यान्सरसँगको लडाईंमा आफू वियजी भएको खबर सार्वजनिक गरेका थिए ।
तपाईको बिचार