नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य - MirrorNepal.com

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य


काठमाडौँ। टस हारेर सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटमा टेस्ट टोली वेस्ट इन्डिजलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।

मुम्बईस्थित वनखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ्सको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनायो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । सर्वाधिक ५८ रन बनाउनुभएका उहाँले तीन चौका र तीन छक्का हानेका छन् ।

यससँगै दीपेन्द्रसिंह टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । यसअघि सन् २०१४ को विश्वकपमा सुवास खकुरेलले अर्धशतक बनाएका थिए ।

यसअघि पावर प्लेमै तीन विकेट गुमाएको नेपालका ओपनर कुशल भुर्तेल एक रनमा आउट हुनुभयो । यस्तै आशिफ शेख ११ रन जोड्दै पेभेलियन फर्किए ।

कप्तान रोहित पौडेल पाँच र आरिफ शेह दुई रन जोड्दै बाहिरिएपछि नेपालको आशा दीपेन्द्रसिंह र लोकेश बममा रहेको थियो । लोकेश १३ रनमा क्याच आउट भए।। त्यसपछि गुल्शन झा ११ रन बनाए ।

सोमपाल कामीले अविजित २६ रन बनाए । उनले १५ बलमा चार चौका हानेका थिए । सोमपाल नेपालका लागि लगातार तेस्रो विश्वकप खेल्ने एक्लो खेलाडी समेत बनेका छन् । करण केसी एक रनमा क्याच आउट भए ।

बलिङमा वेस्ट इन्डिजका जासोन अहोल्डरले चार विकेट लिए । उनले पूरा चार ओभर बलिङ गर्दैै २७ रन खर्चिए । यस्तै म्याथ्यु फर्ड, अकिल हुसेन, समर जोसेफ र रोस्टोन चेसले एक एक विकेट लिए ।

तपाईको बिचार