काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको हो ।
एन्फाका अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको हो । अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न पत्र पुगेको छ ।
राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।
तपाईको बिचार