उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश सिफारिस - MirrorNepal.com

उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश सिफारिस


  • Mirror Team ३० जेठ २०८२, शुक्रवार १४:३१:४३

काठमाडौं । न्याय परिषदले उच्च अदालतका मुख्य न्यायाधीशहरुको नियुक्तिका लागि सिफारिस गरेको छ ।

शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । जसअनुसार राजेन्द्रप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ। उनी हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत छन् ।

लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीश पदमा नियुक्त गर्ने सिफारिस गरिएको छ। उनी अहिले सोही अदालतमा कार्यरत छन् ।

यस्तै, हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सिफारिस गरिएको छ । उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत छन् ।

तपाईको बिचार