काठमाडौं। नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले साहलाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
बजारमा एलपी ग्यास अभाव भैरहेको बेला सरकारले आयल निगमको कार्यकारी निर्देशक पदमा नागेन्द्र साहलाई नियुक्त गएको छ । देशभरका ग्यास पसल र डिपोमा उपभोक्त्ताहरुको लामो लाईन लागेको छ भने सरकारले उक्त्त समस्या केहि दिनमा समाधान हुने बताएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उनी कार्यकारी निर्देशक पदमा चयन भएका हुन्। अन्तिम प्रतिस्पर्धामा रहेका प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देवलाई पछि पार्दै साहले यो जिम्मेवारी पाएका हुन्।
नवनियुक्त कार्यकारी निर्देशक साह आयल निगमका अनुभवी अधिकारी हुन्। उनी यसअघि निगमको नायब कार्यकारी निर्देशकका साथै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा समेत रहिसकृका छन्।
यसअघि निगमको कार्यकारी निर्देशक पदमा चण्डिकाप्रसाद भट्ट रहेका थिए। नयाँ सरकार गठनभएसँगै अघिल्लो सरकारले गरेका नियुक्तिहरू रद्द गर्ने निर्णय गरेपछि भट्ट स्वतः पदमुक्त भएका थिए। त्यसपछि रिक्त रहेको उक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट साहलाई नियुक्त गरिएको हो।
तपाईको बिचार