पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि - MirrorNepal.com

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि


  • Mirror Team १ असार २०८२, सोमबार १२:४९:५८

काठमाडौँ। नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल-मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल-मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्ती मार्फत जनाएको छ ।

तपाईको बिचार