काठमाडौं । सेयर बजार घट्नेक्रम मंगलबारको कारोबारमा पनि कायम रह्यो । लगानीकर्ता बजारप्रति ढुक्क हुन नसक्दा किन्ने भन्दा बेच्नेको चाप देखिएको छ ।
जसका कारण मंगलबारको कारोबारमा बजार १९.३४ अंक घटेको छ । यससँगै बजार २६२२.४८ विन्दुमा झरेको छ । ५७ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
सर्वोत्तम पेन्ट्स, माउन्ट एभरेष्ट पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । मनकामना इन्जिनियरिङ, माथिल्लो मैलुङ खोला, एचएलआई लार्ज क्याप फण्डलगायत कम्पनीका लगानीकर्ता उच्च कमाउनेमा परे ।
पाँच अर्ब सात करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर ५५ हजार २४६ पटकमा किनबेच भएको छ ।
समूहगत सूचकतर्फ व्यापारबाहेक सबै समूह घटेका छन् ।
तपाईको बिचार