बागमतीका १३ ओटै जिल्लामा स्टार्टअप तथा कोसेली घर स्थापना गरिने - MirrorNepal.com

बागमतीका १३ ओटै जिल्लामा स्टार्टअप तथा कोसेली घर स्थापना गरिने


  • Mirror Team २ असार २०८२, मङ्गलबार २३:४८:१२
Modern thin line design concept for STARTUP website banner. Vector illustration concept for business startup, new product and service development, startup company, crowdfunding.

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको कार्यक्रम अघि सारिएको हो ।

‘युवालाई स्वदेशमै रोजगार-समृद्ध प्रदेशको बलियो आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै यस किसिमको कार्यक्रम सञ्चालन गरिने प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बताए । उनका अनुसार यो कार्यक्रम सञ्चालन गर्न बागमती प्रदेशका १३ ओटै जिल्लाहरूमा स्टार्टअप, इन्क्युवेसन सेन्टर तथा कोसेली घरको स्थापना गरी प्रविधि हस्तान्तरण गरिनेछ ।

साथै उद्योग तथा वाणिज्य कार्यालयहरूबाट प्रवाह हुने उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धी सेवालाई थप सरल, छिटो, प्रविधिमैत्री बनाई विद्युतीय प्रणाली मार्फत सञ्चालन गर्न सबै उद्योग तथा वाणिज्य कार्यालयहरूलाई क्रमशः नमुना कार्यालयको रूपमा विकास गर्ने नीति समेत प्रदेश सरकारले लिएको छ ।

जसअनुसार आगामी आर्थिक वर्ष सिन्धुली, भक्तपुर, काभ्रेपलान्चोक र रामेछाप जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयहरूलाई नमुना कार्यालयको रूपमा विकास गर्न बजेट छुट्याइएको छ । समग्रमा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका लागि ७७ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

तपाईको बिचार