काठमाडौं । शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो।
आफ्नै करोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ।
यसअघि सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने जानकारी गराइएको थियो । सरकारले गत वर्षको माघ महिनादेखि घर जग्गाकाे काराेबार, सामाजिक सुरक्षा कोष, बैकिङ तथा वित्तीय कारोबार, टेलिफोन, सिमकार्ड लगायतका सेवा लिन अनिवार्य रूपमा परिचय पत्र चाहिने निर्णय गरेकाे थियो ।
त्यहि बेला नै आगामी साउनबाट राजश्व सम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरण सेवामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने निर्णय गरेकाे थियो।
हाल हरेक जिल्ला प्रशासन कार्यालयहरुमा परिचय पत्र लिने सेवाग्राहीको घुइंचाे लागेकाे छ । सरकारले सामाजिक सुरक्षा भत्ता लिन २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयहरुमा जेष्ठ नागरिकको भिड बढेको हो ।
तपाईको बिचार