लागुऔषध कारोबारी एमाले नगर कमिटी नेता खरेल पक्राउ - MirrorNepal.com

लागुऔषध कारोबारी एमाले नगर कमिटी नेता खरेल पक्राउ


काठमाडौं । दुई महिना अघि समातिनुपर्ने बिर्तामोड ५ का ५० वर्षीय लागुऔषध कारोबारी भानुभक्त खरेल बल्ल पक्राउ परेका छन् । राजनीतिक शक्तिको आडमा जोगिएका खरेल नेकपा एमालेका नगर कमिटी नेता थिए । उनका कामदार पक्राउ परे पनि एमाले कार्यकर्ता भएका कारण दवाबमा जोगिएर बसेका खरेल बल्ल फेला परेका हुन् । एमाले सरकारबाट हट्नेबित्तिकै

जेनजी आन्दोलन शुरु भएको दिन भदौ २४ गते घर आएका खरेललाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको बुझिएको छ । राजनीतिक शक्तिको आडमा अवैध धन्दा गर्दै आएका खरेलको गोदाममा छापा मारी गत साउन १ गते प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधीजन्य लागुऔषध बरामद गरेको थियो । कामदार अर्जुनधारा ६ बस्ने २५ वर्षीय बिनोद घिमिरेलाई पक्राउ गरिए पनि संचालक खरेल फरार रहेका थिए । भारतमा लुकेर बसेका खरेल घर आउजाउ गरिरहेका थिए । सामाजिक सन्जालमा सक्रिय देखिए पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

प्रहरीले उनको गोदामबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १,०३,८००, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन– १८७० एम्पुल,ट्रामाडोल एण्ड एस्टामाइनोफेन ट्याब्लेट ४०५०, डिसाइक्लोमिन ट्याव्लेट ९७,०००,सिल्डेनेफिल ट्याव्लेट ८,९०० र कम्बीप्याक अफ माइफेप्रिस्टोन ट्याव्लेट – ७,६५० बरामद गरेको थियो । उनले त्यो लाग औषध काठमाण्डौसम्म पुर्याउने गरेको खुलेको छ ।

तपाईको बिचार