रास्वपाको धादिङ -१ मा आशिकाको उम्मेदवारी कायमै - MirrorNepal.com

रास्वपाको धादिङ -१ मा आशिकाको उम्मेदवारी कायमै


काठमाडौं । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी आशिका तामाङले उम्मेदवारी फिर्ताको माग गर्दै पठाएको इमेल फेक रहेको पाइएको छ ।

आशिकाले आज निर्वाचन अधिकृतको कार्यालय धादिङमा पुगेर उक्त इमेल फेक रहेको र उम्मेदवारी फिर्ता नलिने बताएकी हुन् । उम्मेदवारी फिर्ताका लागि आज बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको थियो ।

‘म सशरीर उपस्थित भएको छु। मैले इमेल गरेको होइन, मेरो उम्मेदवारी कायमै गरी पाऊँ भनेर भन्नुभएको छ। उहाँको उम्मेदवारी कायम नै रहन्छ,’ निर्वाचन अधिकृत एकराज अधिकारीले भने।

उनको उम्मेदवारी फिर्ताबारे सामाजिक सञ्जालमा हल्ला भइरहेको समयमा उनले उम्मेदवारी फिर्ता नलिएको प्रस्ट पारिन् ।

जर्मन नागरिकसँग विवाह गरेकी आशिकासँग विदेशी परिचयपत्र छ भन्ने आरोप उनले खेपेकी थिइन् ।

तपाईको बिचार