भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएपछि युवाहरु आन्दोलित - MirrorNepal.com

भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएपछि युवाहरु आन्दोलित


काठमाडाैं। दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन्। आइतबार कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका हुन् । ईपीएस भाषा र सिप तालिम उत्र्तीण गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै विगतदेखि आन्दोलन गर्दै आएका छन् ।

‘कयौं वर्षका मिहिनेत, समय र पैसा खर्च गरेर ईपीएस पास गरियो, तर रोस्टर सकिन लाग्दासम्म पनि कोरिया जान पाइएन,’ ईपीएस पास गरेका अनिल चौधरीले भने, ‘कसैको एक पटक पनि कम्पनीमा फाइल जाँदैन, कसैको १५/२० पटक गइरहन्छ ।’

सामान्य रूपले फाइल कम्पनीसम्म पुग्नुपर्नेमा फाइल नै नजानु आफूहरूमाथि अन्याय भएको उनको भनाइ छ ।

कोरिया जान नपाएकाहरूले ईपीएस कार्यालयमा धर्ना दिँदै रोस्टर सकिन लागेकालाई रोस्टरको मिति थप गर्नुपर्ने, कोरियन कम्पनीसम्म पुर्‍याउने फाइलहरू समान रूपले पठाउनुपर्ने, सेक्टर परिवर्तन गर्न पाउनुपर्ने लगायत माग अघि सारेका छन् ।

हजारौं संख्यामा पासरहरूको भविष्यमाथि खेलबाड र लापरबाही भइरहेको भन्दै सचेत गराउन आएको उनीहरूको भनाइ छ ।

तपाईको बिचार