श्रीमती जिस्काएको निहुमा प्रहरी हबलदारको हत्या - MirrorNepal.com

श्रीमती जिस्काएको निहुमा प्रहरी हबलदारको हत्या


काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेन्द्र डडाल रहेका छन् ।

यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक(इन्स्पेक्टर) हेमराज भट्टले जानकारी दिए। हबल्दार घर्तीको हत्या आरोपमा प्रहरीले यसअघि २० वर्षीया दिपीका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।

थप पक्राउ परेका डडाललाई हत्यापछि शव व्यवस्थापनको भूमिकामा सहयोग गरेको आरोप छ । प्रहरीका अनुसार हत्यामा संलग्नताको आरोप लागेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिष पाल फरार छन् ।

पक्राउ परेकी दिपीका पाल आशिककी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बियर बारमा दिपीकालाई जिस्काएको निहुँमा आशिकले प्रहरी हबल्दार घर्तीमाथि कुटपिट गर्दा हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार