ऊच्चपदस्थलाई धम्काउने पाठकलाई पक्राउ गरी नेपाल ल्याइयो - MirrorNepal.com

ऊच्चपदस्थलाई धम्काउने पाठकलाई पक्राउ गरी नेपाल ल्याइयो


  • Mirror Nepal २८ माघ २०८२, बुधबार १५:५७:०६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ऊच्चपदका कर्मचारीलाई धम्क्याउने प्रकाश पाठकलाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई आज बिहान काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार इन्टरपोलको समन्वयमा पाठकलाई आज झिकाइएको हो ।

पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो । पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर